२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

१५ ओभरमा माल्दिभ्सविरुद्ध नेपालको पाँचौ विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले पाँचौ विकेट गुमाएको छ।

पाँचौ विकेटको रुपमा गुल्सन झा १४ रन बनाएर आउट भएका छन । चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।

तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए । दोश्रो विकेटको रुपमा कुसल भुर्तेल ३०  रन बनाएर आउट भएका छन । यस अघि पहिलो विकेट आसिफ शेल ६ रन बनाएर आउट भएका हुन । नेपालले २ दशमलब ३ ओभरमा आसिफ शेखलाई गुमाएको हो भने कुसल भुर्तेलल ६ दशमलब ३ ओरभमा गुमाएको हो  । बिनोद भण्डारी ७ दशमलब १ ओभरमा आउट भएका हुन।

चीनमा जारी यो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन।   ताजास्थीतमा नेपालले ६ ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको छ।अहिले कप्तान रोहित पौडेल र कुसल मल्ल क्रिजमा छन।   रोहित ३६ बनाएर खेलिरहेका छन । कुसल भर्खरै आएका हुन । उनी ५ बलमा १६ रन बनाएर खेलिरहेका छन ।

प्रकाशित: १४ आश्विन २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App