१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

१९औं एसियाड: स्वर्णमा चीनको वर्षा

चीनले सन् १९८२ देखि एसियाडको पदकतालिकामा शीर्षता कायम राख्दै आएको छ । सन् १९९० को बेइजिङ र सन् २०१० को ग्वाङ्झाउ एसियाड आयोजना गरेको चीनले तेस्रो पटक घरेलु मैदानमा भएको १९औं एसियाडमा पनि स्वर्ण पदकको वर्षा गरेको छ ।

यो रिपोर्ट तयार पार्दासम्म चीनले २० स्वर्ण, सात रजत र तीन कांस्य पदकसहित कुल ३० पदक जितेको छ । यसअघिका संस्करणमा चीनलाई पछ्याउँदै चुनौती दिँदै आएका दक्षिण कोरिया र जापानले पदकतालिकामा उत्साहजनक प्रदर्शन गरेका छन् । कोरियाले पाँच स्वर्ण, चार रजत र पाँच कांस्य जित्दा जापानले दुई स्वर्ण, सात रजत र पाँच कांस्य पदक जितेका छन् । हङकङले पनि चीनमा उत्साहजनक नतिजा ल्याएको छ । हङकङले रोइङ र फेन्सिङमा स्वर्ण जितेको छ । सोमबार यो रिपोर्ट तयार गर्दा चाइनिज ताइपेई र उज्बेकिस्तानले समान एक स्वर्ण जितेका छन् ।

त्यस्तै कुल ६ राष्ट्रले स्वर्ण पदकमा नाम लेखाउँदा भारतले भने स्वर्ण जित्न सकेको छैन । भारतका तीन खेलाडी रजत पदकमा नै खुम्चिए । भारतको पुरुष टोलीले रोइङमा रजक पदक जितेको हो । भारतले महिला १० मिटर एयर राइफल टिममा पनि रजत जितेको छ । एसियाका कुल ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले १९औं एसियाली खेलकुदका कुल ४० विधामा प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो दिन यो रिपोर्ट बनाउँदासम्म १८ राष्ट्रले पदक जितेका छन् । अन्य राष्ट्र भने पहिलो पदकको खोजीमा छन् ।  

रग्बीमा नेपालको चुनौती समाप्त

रग्बी सेभेन्समा नेपालको चुनौती आइतबार समाप्त भएको छ । समूह ‘डी’ मा नेपालसहित युएई, चीन र अफगानिस्तान रहेका थिए ।

नेपालले समूहचरणका तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो । युएईले नेपाललाई ५५–७ ले पराजित ग¥यो । नेपालका लागि विक्रम पुरीले १ कन्भर्सनबाट २ तथा पूजन फेवालीले १ ट्राईबाट ५ स्कोर गरे । त्यस्तै आयोजक चीनले नेपाललाई ६५–० तथा अफगानिस्तानले नेपाललाई ४१–० ले हराए । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।

प्रकाशित: ८ आश्विन २०८० ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App