२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप: माल्दिभ्ससँग बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा

तस्बिर सौजन्य: एन्फा।

राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो।

समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो। शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोल अन्तरले पराजित गरेको थियो।

आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो। माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो। 

समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन्।  पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ। नेपाल अङ्कविहीन छ। नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ। त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ।

प्रकाशित: ६ आश्विन २०८० १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App