७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

क्यान निर्वाचन आज, पूर्व कप्तान पारस सचिवमा लड्दै

नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्त्वका लागि आज निर्वाचन हुँदैछ। शुक्रवार साधरण सभा तथा बन्द सत्र सकिए पछि आज नयाँ नेतृत्त्वका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचन समितीका अनुसार नयाँ कार्यसमिति चयनका लागि मध्याह्न १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ। यस्तै नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सचिव पदमा चुनाव लड्दैछन्। 

उनी चतुरको प्यानलबाट चुनावी मैदानमा छन्। पारसविरुद्ध सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लको चर्चा रहेको छ। 

क्यानको चुनावमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ। अब कुल मतसङ्ख्या ८४ रहेको छ। कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ।

प्रकाशित: ६ आश्विन २०८० ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App