१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्लब इन्टरनेसनल र एनएसआरए समूहको शीर्ष स्थानमा

एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।

नेपाल स्क्वास एन्डर्याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार क्लब इन्टरनेसनलले एनएसआरए टिम ‘बी’ लाई तीनै खेलमा हरायो। सातदोबाटोस्थित स्क्वास हलमा क्लब इन्टरनेसनल इटालीका रेन्जो एन्डोर्नोले पछिल्लो एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्र शाक्यलाई सीधा सेटमा ३–० ले हराए। रेन्जो हानझाओ एसियाडमा प्रतिनिधित्व गर्ने नेपाली स्क्वास टिमलाई प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक हुन्।  

‘क्वालिफाइड लेभल टु’ प्रशिक्षक रेन्जोले गत जेठ महिनामा पनि नेपाली राष्ट्रिय स्क्वास टिमलाई एक महिना प्रशिक्षण दिएका थिए।। क्लब इन्टरनेसनलाई जित दिलाउन अन्य खेलमा अस्ट्रेलियाका इशाक बेल हर्बर्टले प्रवीणवीर सिंह कंसाकारलाई ३–१ र धीर पुनले प्रज्वल प्रधानलाई ३–० ले हराए। क्लब इन्टरनेसनलले दुई खेलबाट आठ अंक बनाएर समूह ‘बी’ मा अग्रस्थान बनाएको छ। एनएसआरए ‘बी’ दोस्रो स्थानमा छ। आयोजक एनएसआरए टिम ‘ए’ ले समूह ‘ए’ मा शीर्ष स्थान बनाउने क्रममा आफ्नो दोस्रो खेलमा एनएसआरए टिम ‘सी’ लाई तीनै खेलमा हरायो।

दीपक थापाले पासाङ लामा र दिव्यराज वज्राचार्यले राकेश परियारलाई ३–० र उमित शाक्यले विकास मगरलाई ३–१ ले निराश बनाए। अन्य स्पर्धामा ब्रिटिस आर्मी ‘ए’ ले ब्रिटिस आर्मी ‘सी’ लाई २–१ ले पराजित ग¥यो। सुनील रानाले शेरजंग थापालाई ३–० ले हराएर ब्रिटिस आर्मी ‘ए’ लाई अग्रता दिलाएका थिए। तर शंकर गुरुङले श्याम तामाङलाई ३–२ सेटमा हराएर स्कोर १–१ को बराबरीमा ल्याए। त्यसपछि निर्णायक खेलमा सविन गुरुङले केशर मगरमाथि ३–२ को कठिन जित निकालेर ब्रिटिस आर्मी ‘ए’ लाई जित दिलाए।  

समूह ‘बी’ मा ब्रिटिस आर्मी ‘बी’ ले ट्रेलिङ स्पाउजलाई तीनै खेलमा हरायो। ज्याकब क्लार्कले ल्युक सयर, जिम डोइगले माइक रान्डल र दिलीप राईले डेभिड थोम्सनलाई समान ३–० ले सोझो सेटमा पराजित गरे।

प्रकाशित: ५ आश्विन २०८० ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App