२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

असोज अन्तिममा सर्वाधिक पुरस्कारको फुटसल प्रतियोगिता

पोखरामा असोज अन्तिम साता सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुल्ला फुटसल प्रतियोगिता’ हुने भएको छ। राजन एण्ड ब्रदर्शको व्यवस्थापन स्पोर्टस क्यासलसँगको सहकार्यमा आयोजन हुने प्रतियोगिता असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन गरिने छ।  

दोस्रो संस्करणको फुटसल प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ। पहिलो संस्करणको विजेताले तीनलाख रुपैयाँ प्राप्त गरेको थियो। दोस्रो संस्करणमा उपविजेताले तीन लाख रुपैयाँ पाउने राजन एण्ड ब्रदर्शले जनाएको छ। प्रतियोगिताका संयोजक राजन गुरुङका अनुसार प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका ३५ टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ। 

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट गोलरक्षक नगद २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार र उदीयमान खेलाडीलाई समेत नगद २५ हजार रुपैयाँ प्रदान गरिने संयोजक गुरुङले जानकारी दिए। प्रतियोगितामा सिक्किमको फुटसल टिमलाई समेत आउने सम्भावना रहेको उल्लेख गरे। प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुलाई समेत सहभागिता गराउने पाउने प्रावधान रहेको समेत उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरे।  

प्रकाशित: ३१ भाद्र २०८० ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App