२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण सुरु भएन

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारत र श्रीलंकाविचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन। श्रीलंकाको आर प्रेमदासा रंगशालमा नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित पारेपछि सुरु हुन नसकेको हो । फाइनल खेल वर्षाका कारण रद्द भएमा भोलि सोमबार रिजर्भ डेको व्यवस्था छ।

यस अघिको उपाधि बिजेता श्रीलंकाले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन तथा श्रीलंका सातौं पटक उपाधि जित्ने सोचमा रहेको छ।  

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन्।यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो।

श्रीलंका टोली

पथिम निसंका, कुसल परेरा, कुसल मेंडिस, सदीरा समराविक्रमा, चरिथ असलंका, धनंजय डीसिल्वा, दसून शानका, दुनिथ वेल्लालगे, दुशान हेमंता, प्रमोद मदुशन, मथीसा पथिराना

भारतीय टोली  

रोहित शर्मा, शुभमन गिल, विराट कोहली, के एल राहुल, इशान किशन, हार्दिक पंड्या, रवींद्र जाडेजा, वॉशिंगटन सुंदर, कुलदीप यादव, मोहम्मद सिराज, जसप्रीत बुमराह

प्रकाशित: ३१ भाद्र २०८० ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App