१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इन्डोनेसियाले चीनमा सफलता प्राप्त गर्ने आशा

इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले चीनको हानझाओ सहरमा हुने १९औं एसियन गेम्समा उत्कृष्ट नतिजा प्राप्त गर्ने गर्ने आशा व्यक्त गरेका छन्।  

इन्डोनेसियाले गत १८औं एसियन गेम्स घरेलु मैदानमा आयोजना गरेको थियो। यस पटक चीनमा आयोजना हुने एसियन गेम्समा इन्डोनेसियाले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। इन्डोनेसियामा भएको एसियन गेम्स र एसियन पारा गेम्स २०१८ का क्रममा हानझाओलाई १९औं संस्करणको झन्डा हस्तान्तरण गरेको क्षण उल्लेख गर्दै इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष ओक्तोहरीले हानझाओ एसियाडका लागि निकै उत्साहित रहेको समेत बताएका छन्। यसअघि कहिल्यै पनि हानझाओ नगएको उल्लेख गरेका ओक्तोहरीले यो प्रतियोगिताका लागि उत्साहित र धेरै आशा बोकेको धारणा राखेका हुन्।

उनले आफ्ना देशका खेलाडी र अफिसियलको हानझाओ एसियन गेम्समा उच्च स्तरको प्रदर्शनको प्रतीक्षामा रहेको समेत धारणा राखे। साथै एसियाभरका खेलाडीको प्रदर्शनले पनि निकै रोमाञ्चक बनाउने उनको विश्वास छ। यस एसियन गेम्समा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दै छन्। इन्डोनेसियाको तर्पmबाट भने चार सय १५ खेलाडीको प्रतिस्पर्धा तय भएको छ। अफिसियलसहित हानझाओ एसियन गेम्समा ६ सयभन्दा बढी सदस्यीय इन्डोनेसियाको टोली हानझाओ सहर पुग्नेछ। इन्डानेसियाले ३१ वटा खेलको ४२ विधामा प्रतिस्पर्धा गर्दै छ। धेरै सहभागिता रहेको र तयारी पनि राम्रो भएकाले हानझाओ एसियन गेम्समा धेरैभन्दा धेरै पदकको आशा गरिएको इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले बताएका छन्।

चीन विश्व खेलकुदमा पनि शक्तिशाली देश रहेकाले एसियाडमा उसको तयारी निकै आशालाग्दो रहेको ओक्तोहरीको विश्वास छ। यो अवसरमा चीनसँग आपसी सहकार्य र सहयोगमार्पmत दुई देशबीचको हितमा काम गर्ने पनि इन्डोनेसियाको लक्ष्य छ। इन्डोनेसियाले गत एसियन गेम्समा खेलकुदका ठूला संरचना निर्माण लगायतमा राम्रो काम गरेर देखाएको उल्लेख गर्दै ओक्तोहरीले चीनबाट झन् राम्रो उदाहरण पेस हुने विश्वास व्यक्त गरेका छन्। हानझाओले यादगार एसियन गेम्सको आयोजना गरेको हेर्न पनि आफूहरू आतुर रहेको ओक्तोहरीले बताएका छन्। त्यसका लागि इन्डोनेसिया हरेक क्षेत्रबाट चीनलाई सहयोग गर्न पनि तयार रहेको उनको भनाइ छ। 

प्रकाशित: ३० भाद्र २०८० ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App