८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय उमा कुङ्फुमा बाग्मती च्याम्पियन

बाग्मती प्रदेशले शनिबार छैटौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ।बाग्मती सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो।

नेपाल उमा कुङ्फु संघद्वारा आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोस्रो भयो। तेस्रो स्थानको कोसी प्रदेशले ७ स्वर्ण हात पार्‍यो। प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए। सान्डाको पुरुषमा दीपेश थिङ तथा महिलामा सन्तली थामी उत्कृष्ट खेलाडी चुनिए।चारै बाग्मतीका हुन्। उत्कृष्ट चारैले जनही १५ हजार नगद पुरस्कार हात पारे। विजेतालाई नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।

सो अवसरमा सदस्यसचिव घिसिङले वल्र्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाणपत्र सम्बन्धितलाई हस्तान्तरण गरेका थिए। संजितकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुतुवार, सरिना घले र रवि महर्जनलाई तेस्रो डानको प्रमाणपत्र प्रदान गरियो।

नेपाल उमा कुङ्फु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाणपत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो। प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजितकुमर राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २४ भाद्र २०८० ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App