२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेइमारले तोडे पेलेको कीर्तिमान

बोलिभियाविरुद्ध गोल गरेपछि ब्राजिलका खेलाडी नेइमार।

नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ।

अमेजन सहर बेलेममा नेइमारले दुई गोल गर्दै तीन पटक विश्वकप विजेता पेलेले ब्राजिलका लागि गरेको सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई उनले दुई गोलले पछि पारेका हुन्। त्यसअघि अर्को खेलमा उरुग्वेले आफ्ना भेट्रान स्ट्राइकर इडिन्सन काभानी र लुइस स्वारेजबिना मोन्टेभिडियोमा चिलीमाथि ३–१ को जित निकाल्यो। प्रशिक्षक मार्सेलो बिइल्साले पहिलो खेलमा नै उरुग्वेलाई जित दिलाए। दक्षिण अमेरिकी क्षेत्रको छनोटमा १० टोलीले नै आगामी दोस्रो खेल मंगलबार खेल्नेछन्।  

अमेरिका, मेक्सिको र क्यानाडा गरी तीन राष्ट्रले आगामी विश्वकप २०२६ मा आयोजना गर्दै छन्। त्यो विश्वकपमा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। दक्षिण अमेरिकी क्षेत्रबाट ६ राष्ट्रले सीधा विश्वकप यात्रा तय गर्दा एक टोलीले भने इन्टरकन्टिनेन्टल प्लेअफबाट विश्वकप खेल्ने पाउनेछ। ब्राजिलले आगामी कोपा अमेरिकासम्म कार्यवाहक प्रशिक्षकका रूपमा रहेका फर्नान्डो डिनिजको प्रशिक्षणमा खेल्नेछ। उनलाई सम्भवतः कार्लो एन्सेलोट्टीलाई प्रतिस्थापन गर्नेछन्।  

ब्राजिलले नयाँ प्रशिक्षक फर्नान्डोको प्रशिक्षणमा र युरोपियन फुटबल छाड्दै साउदी अरब पुगेका नेइमारले कस्तो खेल्छन् भन्ने सबैका चासो थियो। त्यसमाथि पनि चोटबाट फर्किएका उनको लयलाई लिएर प्रश्न उठिरहेका थिए। यद्यपि, नेइमारले आफ्नो पुरानै प्रभाव छाडे। तर, उनले बोलिभियाविरुद्ध १७औं मिनेटमा पेनाल्टीमा गोल गर्न भने सकेनन्। उनको प्रहार बोलिभियाका गोलकिपर बिली भिस्काराले बचाए। त्यसबाहेक भने खेलअवधिभर उनको ड्रिब्लिङ बोलिभियाको डिफेन्सका लागि निकै चुनौती बन्यो। खेलको २४औं मिनेटमा नेइमारले स्पेस बनाएर राफिन्हालाई पास दिए।

उरुग्वेले पनि चिलीलाई हराउँदै विश्वकप छनोटमा सुखद सुरुआत गरेको छ। उरुग्वेका लागि भेट्रान निकोलस डे ला क्रुजले दुई गोल र कप्तान फेडेरिको भालभार्डेले एक गोल गरेका थिए।

तर, राफिन्हाको उक्त प्रहार बोलिभियाका गोलकिपर भिस्काराले रोके पनि रिबाउन्ड बलमा रोड्रिगोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। ब्राजिलले पहिलो हाफमा अग्रता दोब्बर बनाउने कयौं अवसर बनायो। तर, सफल हुन सकेन। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै ब्राजिलले दोस्रो गोल गर्‍यो। नेइमारको पासमा राफिन्हाले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। ५३औं मिनेटमा ब्राजिलले तेस्रो गोल गर्‍यो। ब्रुनो गुइमेरेसको पासमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। ६१औं मिनेटमा नेइमारले ब्राजिलको कीर्तिमानी गोल गरे।  

उनले पेनाल्टी क्षेत्रबाट गोल गर्दै पेलेको नाममा रहेको ७७ गोलको कोसेढुङ्गा पार गरेका हुन्। खेलको इन्जुरी समयमा पनि ३१ वर्षे नेइमारले राफिन्हाको क्रसमा गोल गर्दै ब्राजिलका लागि ७९औं गोल पूरा गरे। त्यसअघि बोलिभियाले ७८औं मिनेटमा काउन्टर अट्याकमार्पmत सान्त्वना गोल फर्काएको थियो। बोलिभियाका भिक्टोर अब्रेगोले काउन्टर अट्याकमा लामो दूरीबाट सशक्त प्रहार गर्दै गोल गरेका हुन्। ब्राजिलले छनोटको दोस्रो खेल आगामी मंगलबार पेरुविरुद्ध खेल्नेछ। सोही दिन नै बोलिभियाले विश्वकप च्याम्पियन अर्जेन्टिनाको चुनौती उसैको घरेलु मैदानमा सामना गर्नेछ।  

उरुग्वेले पनि चिलीलाई हराउँदै विश्वकप छनोटमा सुखद सुरुआत गरेको छ। भेट्रान निकोलस डे ला क्रुजले दुई गोल र कप्तान फेडेरिको भालभार्डेले एक गोल गरेका थिए। दोस्रो हाफमा चिलीले केही परिवर्तन गर्दै आक्रामक रणनीति अपनाए पनि उरुग्वे नै हाबी भयो। उरुग्वेले दोस्रो खेल आगामी मंगलबार इक्वेडरविरुद्ध खेल्नेछ भने चिलीले कोलम्बियाको सामना गर्दैछ। यसअघि बिहीबार नै दक्षिण अमेरिकी क्षेत्रको छनोटमा तीनवटा खेल भएका थिए। मेसीको प्रेरणामा अर्जेन्टिनाले इक्वेडरमाथि र कोलम्बियाले भेनेजुएलाविरुद्ध समान १–० को जित निकाले। पाराग्वे र पेरूले भने गोलरहित बराबरीको नतिजा सामना गरेका थिए। 

प्रकाशित: २४ भाद्र २०८० ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App