२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

जेनिथ, ज्ञान निकेतन र एनसिसिएसले शुक्रबार तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा सम्पन्न प्रतियोगितामा जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसिसिएस सिनियर गर्ल्समा च्याम्पियन भएका हुन्। सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१-३८ ले पराजित गर्‍यो। जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे। जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई ३०-२६ ले हरायो।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९-२० को जित दर्ता गर्‍यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्। सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गर्ल्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे।

विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआइएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा. मेनाजकुमार थापा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २३ भाद्र २०८० ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App