२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘श्रीलंका सबै टोलीको चुनौती बन्नेछ’

श्रीलंकाका कप्तान दसुन सनकाले आफ्नो टोलीका प्रमुख खेलाडी चोटग्रस्त भए पनि एसिया कपमा हरेक राष्ट्रका लागि चुनौती बन्ने बताएका छन्।

बिहीबार बंगलादेशसँग खेल्दा एसिया कपको सहआयोजक श्रीलंकासँग महत्वपूर्ण खेलाडी हुने छैनन्।एसिया कपको संघारमा चोटका कारण महत्वपूर्ण खेलाडी गुमाएपछि डिफेन्डिङ च्याम्पियन श्रीलंका केही दबाबमा भने पक्कै छ।श्रीलंकाले गत संस्करणको एसिया कपको उपाधि ट्वान्टी–२० फरम्याटमा जितेको हो।यस पटक भने एसिया कप एकदिवसीय फरम्याटमा भइरहेको छ।यो एसिया कपलाई आगामी अक्टोबर ५ देखि भारतमा आयोजना हुने विश्वकपको तयारीको रूपमा पनि हेरिएको छ।

‘हामी हाम्रै घरमा खेल्दैछौं र त्यसको फाइदा पनि मिल्नेछ,’श्रीलंकाका कप्तान सनकाले पल्लेकेलेमा भने,‘चोटका कारण केही खेलाडीहरू खेलेका छैनन्।तर पनि श्रीलंका अभैm राम्रो टोली हो र हामी सबै टोलीका लागि चुनौती बन्न सक्छौं।’ श्रीलंकाको १५ सदस्यीय टोलीमा रहेका प्रमुख खेलाडी लेग स्पिनर वानिदु हसरंगा र तीव्र गतिका बलर दुसमन्था चमिरा चोटका कारण एसिया कपबाट बाहिरिएका छन्।यद्यपि, कप्तान सनकाले अभैm पनि श्रीलंकन टोली उच्च आत्मविश्वासमा रहेको बताए।

‘हामीलाई कुनै दबाब छैन,’श्रीलंकाका कप्तान सनकाले भने।गत संस्करणको एसिया कपमा श्रीलंकालाई ‘अन्डरडग’ टोलीका रूपमा हेरिएको थियो।तर, पहिलो खेलमा नै अफगानिस्तानसँगको हारपछि श्रीलंका सबै खालका अनुमानभन्दा फरक नतिजा निकाल्दै च्याम्पियन नै बन्यो।यस पटक एसिया कपमा दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेलले मात्र सबैको ध्यान तानेको छ।आगामी विश्वकप अगाडि यी दुईबीच तीन पटकसम्म एसिया कपमा प्रतिस्पर्धा हुन सक्छ।बंगलादेशका कप्तान सकिब अल हसनले भने भारत र पाकिस्तानबीचको खेलबारे चासो दिन चाहेनन्।

‘यस एसिया कपमा धेरै दाबेदार टोलीहरू छन्।तर, मानिसहरू भारत र पाकिस्तानका बारेमा मात्र कुरा गरिरहेका छन्,’सकिबले भने, ‘श्रीलंकाले निकै कठिन समयमा नै एसिया कप जितेको थियो।त्यसैले श्रीलंका पनि ती दाबेदार मध्ये एक हो।’ बंगलादेशले तीन पटकसम्म एसिया कपको फाइनलमा खेलेको छ।तर, अभैm पनि बंगलादेश पहिलो उपाधिको खोजीमा छ।गत संस्करण बंगलादेशले समूहको दुवै खेल हारेको थियो।यस पटक बंगलादेश राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ।

बंगलादेशका कप्तान सकिबले ड्रेसिङ रूममा राम्रो अवस्था हुनु नै महŒवपूर्ण पक्ष रहेको बताए।अलराउन्डर सकिबले एसिया कपमा राम्रो प्रदर्शन गर्न सके आगामी विश्वकपका लागि आशा पनि बढ्ने विश्वास व्यक्त गरेका छन्।‘एसिया कप सामान्य प्रतियोगिता होइन।यसको पनि आफ्नै इतिहास छ र यहाँका खेलमा पनि ठूला प्रतिस्पर्धा हुन्छन्,’सकिबले भने, ‘हामीले एसिया कपलाई गम्भीरतापूर्वक लिएका छौं।एसिया कपमा हामीले राम्रो प्रदर्शन ग¥यौं भने त्यसले विश्वकपमा राम्रो आत्मविश्वास दिलाउनेछ।’ 

प्रकाशित: १४ भाद्र २०८० ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App