४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

चेल्सीलाई यु–१४ फुटबल उपाधि

एनएमबी–कपअन अन्तरस्कुल यु–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ।

बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा शुक्रबार सम्पन्न फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो। स्ट्राइकर आदित्य शाहले गरेको गोल नै चेल्सीलाई उपाधि दिलाउन पर्याप्त बन्यो। उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन्। तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा रिब्स (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रह्मकुञ्जलाई १–० ले परािजत ग¥यो। सेमिफाइनलमा चेल्सीले ब्रह्मकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेका थिए।

क्वार्टरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ पराजित गर्दा ब्रह्मकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सिइओ सुनील केसी, भायनेटका चेयरमेन विनय बोहरा, गैरआवासीय नेपाल संघ (एनआरएनए) का सिइओ राजेन्द्र राउत र आयोजक कपअन स्पोर्ट्स सेन्टरका सिइओ एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईलगायतले ट्रफी, मेडल, प्रमाणपत्र र जर्सी सेटलगायत पुरस्कृत गरेका थिए।  

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले हात पारे। चेल्सीकै आयुष यादवले बेस्ट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनिस दंगालले हाइयस्ट स्कोररको अवार्ड प्राप्त गरे। फेयर–प्ले टिम हाइली क्रिएटिभ स्कुल घोषित भयो। लिग कम नकआउटको आधारमा आयोजित तीनदिने प्रतियोगितामा २९ स्कुलका ३० टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २७ श्रावण २०८० ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App