२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अविश्वसनीय नतिजा यथावत्

अन्तिम सोह्रमा पुगेको मोरक्कोको टोली। तस्बिरः एपी

जारी महिला विश्वकपमा अर्को अविश्वसनीय नतिजा निक्लिने क्रममा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिँदा डेब्यु राष्ट्र मोरक्कोले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

दक्षिण कोरियाले जर्मनीलाई १–१ को बराबरीमा रोक्नु र मोरक्कोले शीर्ष स्थानको कोलम्बियामाथि १–० को जित निकाल्नु जारी महिला विश्वकपको अर्को अविश्वसनीय नतिजा रह्यो। यो नतिजाले युरोपियन राष्ट्र जर्मनी विश्वकप इतिहासमा नै पहिलो पटक छिट्टै बहिर्गमनको बाटो पुग्यो भने मोरक्कोले ऐतिहासिक सफलता आत्मसात् गरेको छ। जर्मनी पनि ब्राजिल र इटालीजस्तै जारी महिला विश्वकपमा समूहचरणबाटै बाहिरिन बाध्य भयो। हारका बावजुद समूह ‘एच’ बाट कोलम्बिया शीर्ष स्थानमा रहँदा मोरक्कोले डेब्यु विश्वकपमा नै नकआउट चरणको यात्रा तय ग¥यो।

अब कोलम्बियाले अन्तिम १६ मा जमैकाको सामना गर्नेछ। समूहमा दुई जित र एक हार सामना गरेको मोरक्कोले अन्तिम १६ मा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘एच’मा तेस्रो स्थानमा खुम्चिएको जर्मनी जारी विश्वकपबाट छिट्टै घर फर्किनेछ। दुई पटकको विश्वच्याम्पियन जर्मनी ३९ हजार दर्शकमाझ ब्रिसबेनमा दक्षिण कोरियाविरुद्ध जित निकाल्ने लक्ष्यका साथ उत्रिएको थियो। तर, जर्मनीले निकै खराब सुरुआत ग¥यो। खेलको छैटौं मिनेटमा नै चो सो ह्युनले गोल गरेपछि जर्मनी छिटै खेलमा पछि प¥यो।  

कोलम्बियासँग २–० र मोरक्कोसँग १–० ले पराजित कोलिन बेलको दक्षिण कोरिया जर्मनीलाई भने रोक्न सफल भयो। पहिलो हाफ सकिनु अगाडि नै जर्मनी गोल गर्दै बराबरीमा फर्कियो। एलेक्जान्ड्रा पोपले हेडर गोलमार्पmत जर्मनीले खेललाई बराबरीमा ल्याइन्। तर, गत वर्षको युरोपियन फाइनलिस्ट जर्मनी दोस्रो चरणमा पुग्नका लागि दोस्रो गोल गर्न भने असफल भयो। मोरक्को कोलम्बियासँग रोकिँदा जर्मनीलाई बराबरीको नतिजा पनि दोस्रो चरणमा पुग्न पर्याप्त थियो। मोरक्कोकी कप्तान घिजलाने चेबको पेनाल्टी गोल असफल भयो।

तर, लगत्तै एनिसा लहमारीको पेनाल्टी गोल नै जर्मनीका लागि बाधक बन्यो। जब जर्मनीको भाग्यमा असफलता प्राप्त हुँदा मोरक्कोका खेलाडी भने मैदानमा ऐतिहासिक सफलतामा निकै रमाएका थिए। जर्मनीलाई रोक्दै मोरक्कोको भाग्य खोलिदिएको दक्षिण कोरियाले कुल एक अंकसहित समूहको अन्तिममा रहँदै विश्वकपको यात्रा टुङ्ग्यायो। अप्रत्याशित र अविश्वसनीय नतिजाको शृंखलासँगै जारी विश्वकपको दाबेदारी थप खुला भएको छ। लगातार तीन पटक विश्वकप जित्ने लक्ष्यसहित अमेरिका नकआउट चरण पुगेको छ। अमेरिकाले आइतबार तेस्रो वरीयताको स्विडेनविरुद्ध प्रतिस्पर्धा गर्दै छ।

त्यो खेलले पनि अमेरिकाको परीक्षा लिनेछ। समूहमा डेब्युटेन्ट राष्ट्र पोर्चुगलसँग हारनजिक पुग्दा अमेरिका पनि छिटै बहिर्गमनको सिकार हुन्थ्यो। यद्यपि, पोचुगलसँगको बराबरीको नतिजाले अमेरिका दोस्रो स्थानमा रह्यो र नकआउट चरणमा पुग्न सफल भयो। जारी विश्वकपमा स्विडेन, इङ्ल्यान्ड र जापान मात्र समूहको तीन खेल जित्ने टोली हुन्। इङ्ल्यान्डले नाइजेरिया र जापानले नर्वेविरुद्ध आगामी चरणमा प्रतिस्पर्धा गर्नेछन्। यो खेल पनि इङ्लिस टोली र एसियन राष्ट्र जापानको परीक्षा साबित हुन सक्छ। 

प्रकाशित: १९ श्रावण २०८० ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App