२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

दोस्रो एकदिवसीय खेलमा भारतमाथि वेस्ट इन्डिजको सानदार जित

घरेलु टोली वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई पराजित गरेको छ।वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको जित हात पारेर तीन खेलको एकदिवीय श्रृखलामा  १–१ को बराबरीमा पुर्याएको छ।

यसअघि भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।  

वेस्टइन्डिजको जितमा कप्तान शाई होपले आउट नभई ६३ तथा केसी कार्टी पनि आउट नभर्ए ४८ रन बनाए।  

भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।भारतका ओपनर ईशान किशनले ५५ रनको योगदान दिए।त्यसैगरी शुभमन गिलले ३४ रन बनाए ।  

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड र गुडाकेश मोतीले समान ३/३ विकेट लिए । अल्जारी जोशेफले २ तथा जयडेन सिल्स र यानिक कारियाहले समान १/१ विकेट लिए।तेस्रो तथा निर्णयक एकदिवसयि खेल पर्सि मंगलबार हुनेछ।

प्रकाशित: १४ श्रावण २०८० ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App