१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एसियाडको टर्च र्‍यालीमा दीपक

चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझाउमै हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुनेछन्।

सदस्यसचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाउ एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च र्‍यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए।

‘१९औं एसियाली खेलकुद पनि चीनमा नै हुँदै छ। १६औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो। १६औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनुभएको थियो। सदस्यसचिव घिसिङले भने, ‘१६औं एसियाडको सफलताको कदर गर्दै हाङझाउ एसियाडअघि हुने टर्च र्‍यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसकेको छ।’

टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहनेछ। हाङझाउ एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ। दीपक हाल हाङझाउ एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षकमध्येका एक हुन्।

प्रकाशित: ११ श्रावण २०८० ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App