२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

रेनार्ड उपाधि हात पार्नेमा विश्वस्त

खेलाडीको आपसी विवादले तयारी प्रभावित भए पनि फ्रान्स प्रशिक्षक हार्भे रेनार्डको प्रशिक्षणमा आफूलाई फिफा महिला विश्वकप २०२३ को दाबेदार टोलीको रूपमा उभ्याउनेमा विश्वस्त छ।

कोरेनी डियाग्रे खेलाडीबीच विवाद सिर्जनामा मुख्य भूमिका खेलेको भन्दै बर्खास्तमा परेसँगे मार्चमा रेनार्ड फ्रान्सको महिला टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। रेनार्डको प्रशिक्षणमा साउदी अरेबियाले कतार विश्वकप २०२२ खेलेको थियो। समूहचरण पार नगरे पनि साउदी अरेबियाले पहिलो खेलमा अर्जेन्टिनालाई हराउँदै सननसी मच्चाएको थियो।उनले कतार विश्वकपपछि साउदी अरेबियाको प्रशिक्षण छोडेका थिए।  

डियाक्रे सन् २०१७ मा फ्रान्सको प्रशिक्षकमा नियुक्त भएकी थिइन्। सन् २०१९ मा फ्रान्स घरेलु मैदानमा सम्पन्न विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको थियो। फ्रान्स अमेरिकासँग निराश भएको थियो। टोलीकै केही मुख्य खेलाडी विद्रोहमा उत्रिएसँगै उनको फ्रान्सेली टोलीसँगको भविष्य अनिश्चित बनेको थियो। कप्तान विन्डे रेनार्डले डियाक्रेको प्रशिक्षणमा विश्वकप नखेल्ने घोषणा नै गरेकी थिइन्। यस पटकको विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दै छन्। कप्तान विन्डेलाई काडिडियाटाउ डियानी र मेराई काटोटोले साथ दिएका थिए। जसले डियाक्रेको बर्खास्तगी निश्चित गरेको थियो।

‘मलाई विगतमा टोलीमा के विवाद थियो भन्ने कुराको चिन्ता छैन। मैले विश्वकप र पेरिस ओलम्पिकका लागि टोलीको जिम्मा लिएको हुँ,’ रेनार्डले भने, ‘मलाई विगतमा प्रशिक्षक र कप्तानको विवादबारे थाहा पनि छैन। म टोलीको मनोबल उच्च होस् भन्ने चाहन्छु। म टोलीमा नयाँ सुरुआत चाहन्छु।’  

रेनार्ड टोलीको अहिलेको आवश्यकताबारे पनि जानकार छन्। जाम्बियाबाट २०१२ र आइभोरी कोस्टबाट गरी दुई पटक अफ्रिका कप अफ नेसन्स जितेका रेनार्ड फ्रान्सको महिला टोलीको विश्वकप उपाधि सम्भावना साकार पार्नैमा विश्वस्त छन्। ‘मैले साउदी अरेबियाभन्दा कम पारिश्रममा यो प्रस्ताव स्वीकार गरेको हुँ,’ रेनार्डले भने, ‘म फ्रान्सको विश्वकप उपाधिको लक्ष्य साकार पार्न चाहन्छु। म नयाँ चुनौतीका लागि आएको हुँ र त्यसका लाागि पूर्ण रूपमा तयार छु।’  

सन् २०११ मा चौथो हुनु नै फ्रान्सको विश्वकपमा ठूलो उपलब्धि हो। पछिल्लो दुई विश्वकपमा फ्रान्स क्वार्टरफाइनलबाट बाहिरिएको छ भने युुरो कप २०२२ मा पनि फ्रान्स सेमिफाइनलबाट बाहिरिएको थियो।

प्रकाशित: ३० असार २०८० ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App