१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग : पुलिसद्वारा आर्मी पराजित

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ।

चौथो खेल सम्म अपराजित आर्मीलाई आज सम्पन्न पाँचौ खेलमा पुलिसले ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।पुलिसले २५–२१, २८–२६, २५–१४ ले आर्मीलाई पराजित गरेको हो। यसका साथ पुलिसको ५ खेलबाट १२ अंक भएको छ। पुलिस अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ। आर्मीको पाँच खेलमा ११ अंक भएको छ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिग खेलको आजै सम्पन्न अर्को खेलमा पाचौं खेलमा पनि अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल अंक तालिकामा अग्र स्थानमा उक्लिएको छ। निकैनै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा टिपटपले एपिएफलाई ३–२ सेटमा पराजित गर्दै थप २ अंक जोड्न सफल भएको हो।

हेल्प नेपालले पहिलो सेट २७–२५, २५–१७ ले जितेर खेललाई २–० का साथ आफ्नो पक्षमा पारेको थियो। तर एपिएफले तेश्रो र चौथो सेट २५–२१ २५–२३ ले जित्दैै खेललाई २ – २ को बरावरीमा ल्यायो। अन्तिम तथा निर्णायक पाँचौ सेटमा टिपटप हेल्प नेपालले एपिएफको म्याच प्वाईन्ट १४–११ को स्थितीलाई उल्टाउँदै १६–१४ अंकका साथ जित हात पार्‍यो। यसका साथ टिपटपको पाँच खेलबाट १३ अंक भएको छ भने २ सेट जितेर १ अंक बटुलेको एपिएफको ११ अंक भएको छ। समान अंक भएता पनि अंक रेसियोका आधारमा एपिएफ आर्मी भन्दा पछाडी रहेको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारे। आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गरेको हो। यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित ग¥यो।

महिला तर्फ पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा रहेका छन्। अंकका आधारमा पुलिस फाईनल प्रवेश गरेको छ।

प्रकाशित: २८ असार २०८० १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App