२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ: सांसद पाण्डे

नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेका बताएका छन। 

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरूलाई सृजनशील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताए।

उनले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्त्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।उनले खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरूले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताए।

१६५ निर्वाचन क्षेत्रमध्ये कम्तीमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने बताए।सांसद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरू बदनाम हुनुपरेको बताए। 

प्रकाशित: २८ असार २०८० १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App