६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आइएसए र आयोजक फाइनलमा

आइएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप बिहीबार गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

चार टिम सहभागी राउन्ड रोबिन लिगमा आइएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन्। आइएसए नेपालले बोर्न टु हुपलाई १३–७, बलर्स एकेडेमीलाई ६–२ र गोल्डेन बडलाई १३–२ ले पराजित गर्‍यो। बोर्न टु हुपले गोल्डेन बडलाई ७–५ तथा बलर्सलाई ११–८ ले हरायो। आइएसए नेपालसँग भने बोर्न टु हुपसँग १३–७ ले पछि पर्‍यो।

ब्वाइजमा मनास्लु वर्ल्ड कलेज, युजिए, ग्रान्डी, बोर्न टु हुप, जिपिएचएस, बलर्स एकेडेमी भिएस ‘ए’ र टिम कुमारले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। ब्वाइजमा २२ टिम सहभागी छन्। दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्नेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ। नगद पुरस्कारबाहेक छात्रवृत्तिको पनि व्यवस्था छ।

प्रकाशित: २२ असार २०८० ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App