१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको खुल्ला पुरुष तर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

मंगलबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगितामा खुल्ला तौल समूहको प्रतिस्पर्धामा काठमाडौंका विश्वकर्माले कास्कीका शिव भुजेललाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। तेस्रो स्थानमा भने काठमाडौंका रविन्द्र बुढाथोकी र स्याङजाका सन्जयकुमार गुप्ता भए।  महिला खुल्ला तौल समूहको प्रतिस्पर्धामा गोरखाकी कविता नेपाली च्याम्पियन बनिन्। उनले कास्कीकी मुना थापालाई पराजित गर्दै उपाधि जितिन्। काठमाडौंकी कविता मोक्तान र कास्कीकी कला क्षेत्री तृतीय भएका थिए।

पुरुष ५५ केजी तौल समूहमा कास्कीका कृसम लामा च्याम्पियन बने। उनले कास्कीकै हेमन्त विकलाई पराजित गरे। कास्कीका सम्राट सेन ठकुरी र काठमाडौंका एलिस बमजन भने तेस्रो स्थानमा चित्त बुझाए। पुरुष ६० केजी तौल समूहमा बाग्लुङका लिलाबहादुर विक च्याम्पियन बने। उनले काठमाडौंका कविन्द्र मोक्तानलाई पराजित गरेका थिए।

काठमाडौंका सुशान्त लामिछाने र सर्लाहीका सुजन पाख्रिन तेस्रो स्थानमा रहे।  महिला ५५ केजी तौल समूहमा भने कास्कीकी सुष्मा चौधरीले कास्कीकै निशा थापालाई पराजित गर्दै च्याम्पियन बनिन्। सर्लाहीकी सजिना वाईबा र कास्कीकी सुनिता मगर भने तेस्रो स्थानमा चित्त बुझाए।

प्रतियोगितामा विभिन्न जिल्लाका ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियन बनेका खेलाडीले नगद १० हजार, उपविजेताले नगद ५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सदस्य राजीव गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए।  

प्रकाशित: २० असार २०८० १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App