१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

इकबाल मैदानमा उत्रने

बंगलादेशका कप्तान तमिम इकबालले आफू पूर्ण रूपमा फिट नभए पनि बुधबारबाट सुरु हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलामा मैदान उत्रने बताएका छन्।

अफगानिस्तान बंगलादेशविरुद्धको तीन एकदिवसीय खेलको शृंखला जित्ने योजनामा रहेको छ। यसअघि दुई पटक बंगलादेश भ्रमण गरेको अफगानिस्तानले शृंखला जित्न सकेको थिएन।

गत महिना बंगलादेशले अफगानिस्तामाथि टेस्ट शृंखलामा ३ सय ५६ रनको जित निकालेको थियो। बंगलादेशले ९० वर्षमा टेस्ट क्रिकेटमा निकालेको यो फराकिलो जित थियो। इकबालले भने ढाडको समस्याका कारण सो खेल गुमाएका थिए।

‘म पूर्ण रूपमा फिट छैन, तर बुधबारबाट अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि टोलीमा उपलब्ध हुनेछु,’ तमिमले भने, मैले स्वाभाविक लयअनुरूपकै प्रदर्शन गर्नेमा आशावादी छु। म टोलीका लागि जे गर्न पनि तयार छु।’ ढाका टेस्टमा आराम दिइएका अफगानिस्तानका रासिद खान एकदिवसीय शृंखलामा भने टोलीमा फर्कनेछन्।

त्यस्तै तीव्र गतिका बलर फेजलहक फारुकी र अज्मतुल्लाह ओमरजाई पनि टोलीमा फर्कनेछन्। यसअघि अफगानिस्तानले सन् २०१६ र २०२२ मा एकदिवसीय शृंखलाका लागि बंगलादेश भ्रमण गरेको थियो। तर दुवै शृंखला बंगलादेशले २–१ ले जितेको थियो। 

प्रकाशित: २० असार २०८० ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App