२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मलेसियाविरुद्ध नेपालले नरेनको शतकसंगै २५२ रन बनायो

एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले  जित्न २ सय ५२ रन बनाएकाे छ। 

मलेसियामा जारी यो खेलमा नेपालका शर्षिक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकसंगै  घरेलु टोलीलाई उपाधी जित्न नेपालले २ सय ५३ रनको लक्ष्य दिएको हो।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको योगदान दिए। निरज यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । त्यसैगरी सुर्यांशु कोईरालाले कोईरालाले २३ बलमा १८ रन बनाए।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १र१ विकेट लिए।

यसअघि समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। 

प्रकाशित: १९ असार २०८० ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App