२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एसीसी यू १६ इस्ट जोन कप : मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा  जारी यस प्रतियोगितामा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपालले ब्याटिङ रोजेपछि मलेसयाले पहिला बलिङ गर्दैछ।नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ। सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। 

प्रकाशित: १९ असार २०८० ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App