१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

गुरुङको नेतृत्वमा स्क्वास संघ

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको अध्यक्षमा ध्रुबहादुर गुरुङ चयन भएका छन्।

शनिाबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा चयन गरेको हो। गुरुङले अध्यक्ष पदका प्रत्याशी मनोजबहादुर श्रेष्ठलाई हराएका हुन्। अन्य पदमा भने निर्विरोध रह्यो। उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रूपकदास ताम्राकार चयन भए। महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए।

शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए। सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार निर्वाचित भएका छन्।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। सदस्यसचिव घिसिङले आगामी एसियाडमा राम्रो तयारी गर्न अनुरोध गर्दैै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए। सो समारोहमा हाङझाउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्त केशर सिंह, अमृत थापामगर, अमिर ब्लोन, वृmष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो।

यसैगरी, पछिल्ला दुई कार्यकालको नेतृत्व गरेका किशोर महर्जनले स्क्वासलाई व्यावसायिक बनाउने प्रयास गरेको बताए। नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगतिको कामना गर्दै एसियाडमा स्क्वासको सफलताका लागि शुभकामना दिए।

प्रकाशित: १७ असार २०८० ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App