२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थाइल्यान्डमाथि नेपालको रवाफिलो जित

थाइल्यान्डविरुद्ध विकेट लिएपछि नेपालका सन्तोष यादव (माथि)। विकेटका लागि अपिल गर्दै नेपालका अशोक धामी। तस्बिर/क्यान

सन्तोष यादवको अलराउन्ड प्रदर्शन प्रेरित नेपालले बुधबार थाइल्यान्डमाथि दुई सय पाँच रनको फराकिलो जितसहित एक खेल अगावै एसिसी यु–१६ मेन्स इस्टर्न रिजन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले प्रस्तुत गरेको दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा मात्र ४४ रनमा नै अलआउट भयो। थाइल्यान्डका ओपनर तथा विकेटकिपर दानुफो फुनागापिन्टले ३३ बलमा तीन चौकासहित १२ रन जोड्दा इसान बेनर्जीले १२ बलमा तीन चौका प्रहार गर्दै १६ रनको योगदान दिए।

नटपखान मनोओनले ४ रनबाहेक थाइल्यान्डका अन्य कुनै पनि ब्याटर रन बटुल्न असफल रहे। थाइल्यान्डले अतिरिक्त १२ रन पाएको थियो। ८.६ ओभरमा ३६–४ को स्थितिमा रहेको थाइल्यान्ड थप ८ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो।

सन्तोष यादवको अलराउन्ड प्रदर्शन प्रेरित नेपालले बुधबार थाइल्यान्डमाथि दुई सय पाँच रनको फराकिलो जितसहित एक खेल अगावै एसिसी यु–१६ मेन्स इस्टर्न रिजन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

११.४ ओभरमा ४४/६ को अवस्थामा रहेको थाइल्यान्डले १३.१ ओभरसम्म रन जोड्न सकेन। नेपालका लागि सन्तोषले ३.२ ओभरमा एक मेडनसहित पाँच विकेट लिँदै थाइल्यान्डको इनिङ धरासयी बनाए। उनले ८ रन मात्र खर्चिए। अशोक धामीले तीन तथा अभिषेक तिवारीले दुई विकेट लिए। अशोकले तीन ओभरमा दुई मेडनसहित चार रन खर्चिंदा अभिषेकले चार ओभरमा एक मेडनसहित २१ रन बेहोरे। त्यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल खडा गरेको थियो।

नेपालका लागि नीरजकुमार यादवले सर्वाधिक ७४ रन जोड्दा नरेन भट्ट ५५ रनमा नटआउट रहे। सन्तोष यादवले ४२ रन तथा सूर्यान्शु कोइरालाले ४० रन जोडे। ओपनरद्वय नीरज र सूर्यान्शुले पहिलो विकेटका लागि एक सय १० रनको साझेदारीसहित नेपाललाई सुखद सुरुआत दिलाएका थिए। नीरजले ४३ बलमा सात चौका र ६ छक्का हिर्काए। सूर्यान्शुले ३३ बलमा तीन चोका प्रहार गरे। ३६ बल खेलेका सन्तोषको इनिङमा चार चौका र एक छक्का रह्यो। नरेनले ४३ बलमा पाँच चौका प्रहार गरे। सन्तोष र नरेनले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

नेपालका लागि नीरजकुमार यादवले सर्वाधिक ७४ रन जोड्दा नरेन भट्ट ५५ रनमा नटआउट रहे। सन्तोष यादवले ४२ रन तथा सूर्यान्शु कोइरालाले ४० रन जोडे।

थाइल्यान्डका मनोओन, पानुवात देसुङगाोन र बेनर्जीले समान दुई विकेट लिए। समूह ‘ए’ बाट नेपाल र मलेसियाले सेमिफाइनलमा स्थान बनाए। नेपाल र मलेसियाको समान १ खेलबाट समान दुई अंक छ। समूहमा लगातार दुई खेलमा हारपछि थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग १ सय १८ रनले पराजित भएको थियो। नेपाल र मलेसियाबीच शुक्रबार हुने खेलले समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ। समूह ‘बी’ मा भने हङकङ, माल्दिभ्स, सिंगापुर र इन्डोनेसिया छन्।

प्रकाशित: १४ असार २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App