८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

बेङ्लोर– सुनील नारिनले नाटकीय रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा तीव्र गतिमा अर्धशतक पूरा गरेको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

ओपनिङमा ब्याटिङ गर्ने अवसर पाएका सुनीलले १५ बलमा अर्धशतक प्रहार गर्दै आइपिएलमा कम बलमा ५० रन पूरा गर्ने खेलाडी बनेका छन्।

ओपनिङमा ब्याटिङ गर्ने अवसर पाएका सुनीलले १५ बलमा अर्धशतक प्रहार गर्दै आइपिएलमा कम बलमा ५० रन पूरा गर्ने खेलाडी बनेका छन्। प्लेयर अफ द म्याच बनेका सुनीलले ब्याटिङमा मात्र होइन बलिङमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले आइतबार २ विकेट लिएका थिए।

आइपिएलमा बनेको कीर्तिमानबाट आफू आश्चर्यमा परेको सुनीलले बताए । ‘क्रिजले मलाई आँखा बलमा मात्र केन्द्रित गर्न सुझाव दिएको थियो ।

 ‘फोकस गर्दै रन लिन उस (क्रिज) ले हौसला दिइरहेको थियो,’ सुनीलले भने, ‘मैले त्यसलाई सहज रूपमा लिँदै खेलें । मैले राम्रो खेल्छु भन्ने सोचेको थिएँ । तर यो सफलता साँच्चिकै टिमको मेहनतका कारण सम्भव भएको हो । उमेशले लिएको विकेटले पनि खेल जित्न मुख्य रूपमा योगदान गरेको छ ।’

सुनीलको उत्कृष्ट ब्याटिङको सहयोगमा कोलकाताले पावर प्लेमा सर्वाधिक रन जोड्ने कीर्तिमानसमेत बनाएको छ । कोलकाताले पावर प्लेमा ३६ बलमा १ सय ५ रन बनाएको थियो । कोलकाताले आइतबार १ सय ५९ रनको विजयलक्ष्य पाएको थियो ।

लगातारको हारले कप्तान विराट कोहलीको टोली बेङ्लोर थप संकटमा परेको छ । जारी सिजनमा बेङ्लोर खराब नतिजाबाट गुज्रिरहेको छ । आइतबार पुनः एक पटक बेङ्लोरका मुख्य ब्याट्सम्यान विराट कोहली, क्रिस गेल र एबिडी भिलियर्सले गतिलो रन बनाउन सकेनन् ।

दुई हप्ताअघि बेङ्लोर आइपिएलमा कम रनमै समेटिन पुगेको थियो । १ सय आइपिएल खेलमा गेल उमेश यादवको बलमा पहिलो ओभरमै आउट भए ।

विराट पनि यादवको बलमा एलबिडब्लु आउट भएका थिए । भिलियर्सलाई सुनीलले बोल्ड गरे । सुरुआतमा ब्याटिङ गरेको बेङ्लोरका लागि ट्राभिज हेड र ओपनर मन्दीप सिंह मात्र आफनो जिम्मेवारी पूरा गर्ने ब्याट्सम्यान बने । अविजित रहँदै हेडले ७५ रन जोडे । उनले ४७ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । मन्दीपले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए । मन्दीप सुनीलको बलमा आउट भएका थिए । कोलकाताका उमेशले ३ विकेट र सुनीलले २ विकेट लिए । 

जबाफी ब्याटिङमा ओपनरद्वय क्रिज लेन र सुनीलले सानदार सुरुआत गरेपछि कोलकातालाई जित हासिल गर्न सहज भयो । क्रिज र सुनीलले पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गरे । क्रिजले २२ बलमा ५० रन बनाए । ५ चौका र ४ छक्का प्रहार गरेका क्रिज ७.३ ओभरमा पवन नेगीबाट बोल्ड भए । आक्रामक ब्याटिङ गरेका सुनील ५४ रनमा अंकित चौधरीको बलमा आउट भए । १७ बलको सामना गर्दा सुनीलले ६ चौका र ४ छक्का प्रहार गरेका थिए । कोलिन डी ग्रान्डहोमले ३१ र कप्तान गौतम गम्भीरले १४ रन बनाए । बेङ्लोरका अंकितले २ विकेट लिए ।

प्रकाशित: २५ वैशाख २०७४ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App