२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय स्केट बोर्डको उपाधि विजय र समीक्षालाई

विजय लिम्बु र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समीक्षा पहिलो भएका हुन्। रवि भवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताको पुरुषमा वसन्त राई दोस्रो तथा गजेन्द्र बर्देवा तेस्रो भए। महिलामा स्वाति श्रेष्ठ दोस्रो तथा अर्लिन लामा तेस्रो स्थानमा रहे।

पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई प्रतिनिधि सभाका सदस्य शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाल र महासचिव सत्य थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।प्रतियोगिताको पुरुषमा एक सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए।

शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो। त्यसबाट पुरुष/महिलामा समान १०/१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो। काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेस्रो पटक हो। बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो।

प्रकाशित: १० असार २०८० ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App