आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।
त्यसअघि आठौं विकेट पनि गुमाएको छ। नाजुक अवस्थामा पुगेको नेपालले आठौं विकेटको रूपमा गुल्शन झालाई गुमाएको छ। उनी मात्र १५ रन जोडेर आउट भए।
त्यसअघि सातौं विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो।
उनी १४ रनमा आउट भए। उनलाइ पनि भानविकले क्याच आउट गराए। त्यसअघि ३३ रन बनाएर खेलिरहेका कप्तान रोहितकुमार पौडेल छक्का हान्ने चक्करमा क्याच आउटको शिकार भए। उनलाई भानविकले विक्रमाजित सिंहको हातबाट क्याच आउट गराए। उनी आउट हुनु अघि ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरि ३३ रन जोडेका थिए।
त्यसअघि नेपालले पाचौं विकेटमा कुशल मल्ललाई गुमाएको थियो। नेपाललाई पाचौं विकेटमा कुशल मल्ललाई १ छक्कासहित १२ रनमा गुमाएको हो।
नेपालले चौथो विकेटको रुपमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको थियो। यसअघि तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको थियो। उनी २२ रन बनाएर खेलिरहेका थिए। आरिफलाई पनि नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए। त्यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो। उनलाई नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए। यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए। उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। अहिले रोहितकुमार पौडेल र कुशल मल्ल क्रिजमा छन्।
ताजा अवस्थामा नेपाल १५७ रन बनाएर ९ विकेटको क्षतिमा ४३ औं ओभरमा खेलिरहेको छ।
प्रकाशित: ९ असार २०८० १०:०९ शनिबार