२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नाजुक अवस्थामा नेपालकाे ब्याटिङ, सातौं विकेट पनि पतन

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले सातौं विकेट पनि गुमाएको छ।  

नाजुक अवस्थामा पुगेको नेपालले सातौं विकेटको रूपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी १४ रनमा आउट भए। उनलाइ पनि भानविकले क्याच आउट गराए। त्यसअघि ३३ रन बनाएर खेलिरहेका कप्तान  रोहितकुमार पौडेल  छक्का हान्ने चक्करमा क्याच आउटको शिकार भए। उनलाई भानविकले विक्रमाजित सिंहको हातबाट क्याच आउट गराए। उनी आउट हुनु अघि ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरि ३३ रन जोडेका थिए।  

सातौं विकेट गुमाइसकेको नेपालले ३५ ओभर खेल्दै मात्र १२७ रन जोडेको छ। त्यसअघि नेपालले पाचौं विकेटमा कुशल मल्ललाई गुमाएको थियो।  

नेपाललाई पाचौं विकेटमा कुशल मल्ललाई १ छक्कासहित १२ रनमा गुमाएको हो। नेपालले चौथो विकेटको रुपमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो।

यसअघि तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको थियो। उनी २२ रन बनाएर खेलिरहेका थिए। आरिफलाई पनि नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

त्यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो।उनलाई नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। अहिले गुल्शन झा र सन्दिप लामिछाने क्रिजमा छन्।

प्रकाशित: ९ असार २०८० ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App