१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल फेरि पनि पराजित

किर्गिस्तानको दोस्रो टोलीसँग ३-२ को सेटमा पराजित भएसँगै नेपालले काभा पुरुष भलिबल नेसन्स लिग तालिकामा एक अंकको खाता खोलेको छ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित भएसँगै नेपालले एक अंकको खाता खोलेको हो। यससँगै नेपालले पाँचौं खेलमा पनि पराजय भोगेको छ। विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। २३-२३ को बराबरीबाट लगातार २ अंक जोड्दै पहिलो सेट जित्न सफल भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नोपलले किर्गिस्तानलाई २७-२९ ले नतिजा सुम्पिन पुग्यो। तेस्रो सेटमा सुरुआती अग्रता निकाले पनि कायम राख्न नसक्दा २२-२५ ले नतिजा सुम्पिएको थियो।

किर्गिस्तानको दोस्रो टोलीसँग ३-२ को सेटमा पराजित भएसँगै नेपालले काभा पुरुष भलिबल नेसन्स लिग तालिकामा एक अंकको खाता खोलेको छ।

चौथो सेटमा एकपक्षीय प्रदर्शन गर्दे नेपालले २५-११ को सहज जित निकाल्दा खेल पाँचाैं सेटमा लम्बिएको थियो। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक तथा पाँचाैं सेट १५-१४ ले गुमाएपछि नेपालले नतिजा किर्गिस्तानलाई सुम्पियो।

१०-१२ ले पछि परेको नेपालले लगातार ३ अंक बटुल्दै खेलमा १३-१२ को अग्रता लिए पनि त्यसपछि लगातार २ अंक गुमाएपछि नेपाल खेलमा पछि पर्दै नतिजा सुम्पिन बाध्य भएको हो। यसअघि नेपाल इरान, मंगोलिया, किर्गिस्तानको पहिलो टोली र तुर्कमिनिस्तानसँग पराजित भएको थियो।

चौथो सेटमा एकपक्षीय प्रदर्शन गर्दे नेपालले २५–११ को सहज जित निकाल्दा खेल पाँचाैं सेटमा लम्बिएको थियो। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक तथा पाँचाैं सेट १५-१४ ले गुमाएपछि नेपालले नतिजा किर्गिस्तानलाई सुम्पियो।

यस हारका बावजुत पाँच सेट खेलेको आधारमा नेपालले अंकतालिकामा पहिलो अंक जोड्न सफल भएको छ। नेपाल ५ खेलबाट १ अंक जोडेर पुछारमा छ। किर्गिस्तान ‘बी’ को चार खेलबाट ४ अंक छ। अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार आइतबार उज्वेकिस्तानसँग खेल्नेछ। 

प्रकाशित: ९ असार २०८० ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App