२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितको दबाबमा नेपाल

साफ च्याम्पियनसिपमा शनिबार भारतसँग हुने खेलका लागि अभ्यास गर्दै नेपाली टोलीका सदस्य मनीष डाँगी। तस्बिर सौजन्य: एन्फा

साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्दै गत संस्करणमा इतिहास रचेको नेपाल शनिबार साबिकको विजेता भारतको सामना गर्दा जितको दबाबमा हुनेछ।

समूह ‘ए’ को पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो। भारतविरुद्धको हारले नेपालको १४औं सस्करणको साफ च्याम्पियनसिप यात्रा समूहचरणमा सीमित बन्नेछ। भारतसँग अंक बाँडे पनि नेपालको शीर्ष दुईमा बस्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्य कमजोर बन्नेछ।

कुवेतविरुद्ध बुधबार सम्पन्न पहिलो खेलमा आफूहरूले डराएर खेलेका कारण नतिजा सुम्पिनुपरेको बताएका नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बेर्टो एनिसले भारतविरुद्ध टोलीले सुखद नतिजा ल्याउँदै सेमिफाइनल प्रवेश गर्न सम्भावना कायम राख्ने बताएका थिए।

साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्दै गत संस्करणमा इतिहास रचेको नेपाल शनिबार साबिकको विजेता भारतको सामना गर्दा जितको दबाबमा हुनेछ।

‘हामीले कुवेतविरुद्ध निरीह प्रदर्शन गर्‍यौं। पहिलो हाफमा हामी निरीह बन्दा उनीहरू त्यसको फाइदा उठाउन सफल भए,’ एनिसले भने, ‘भारत प्रतियोगितकै बलियो टोली हो। उनीहरूविरुद्धको खेल हाम्रा लागि सहज छेन। भारतविरुद्धको नतिजाले हाम्रो अघिल्लो चरणको यात्राका बारेमा स्पष्ट पार्नेछ। यद्यपि कुवेतविरुद्ध दोस्रो हाफमा हाम्रो युवा टोलीले जस्तो प्रदर्शन गर्‍यो, त्यसबाट भने म टोलीले सुखद नतिजासहित अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्नेमा आशाबादी छु।’

नेपालका लागि भारतविरुद्ध पनि स्ट्राइकर अञ्जन विष्ट प्रमुख खेलाडी रहनेछन्। गत संस्करण नेपालको फाइनल प्रवेशको यात्रामा नायक बनेका अञ्जनले दुई पहेँलो कार्डका कारण भारतविरुद्धको फाइनल भने गुमाएका थिए।

अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। कुवेतविरुद्ध एक गोल गरेका अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न एक गोल मात्र टाढा छन्। हरि खड्का र नीराजन रायमाझीको नाममा सर्वाधिक १३ गोलको कीर्तिमान छ। अञ्जनको नाममा भने १२ गोल रहेको छ।

समूह चरणको दोस्रो खेलमा भारतको सामना गर्दा नेपालसामु सो हारको बदला लिनुका साथै सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्ने अवसरसमेत हुनेछ।

समूह ‘ए’ मा भारत ३ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको कुवेतको समान ३ अंक रहेको छ। तेस्रो स्थानको नेपाल र चौथो स्थानको पाकिस्तान भने अंकविहीन छन्।

अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। कुवेतविरुद्ध एक गोल गरेका अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न एक गोल मात्र टाढा छन्।

यता पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४-० को जित निकालेको भारत नेपालविरुद्ध सोही लय कायम राख्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ। समूह ‘ए’ अन्तर्गत शनिबार हुने पहिलो खेलमा कुवेतले पाकिस्तानको सामना गर्नेछ।

समूह ‘बी’ मा भने लेबनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा बिहीबार लेबनानले बंगलादेश र माल्दिभ्सले भुटानलाई समान २–० ले हराएका थिए।

प्रकाशित: ९ असार २०८० ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App