२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पराजयले नेपालको लक्ष्यमा धक्का

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै आरिफ सेख। तस्बिर: आइसिसी

मध्यक्रमका ब्याटर आरिफ शेखले अर्धशतक प्रहार गरे पनि वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो हारसँगै शीर्ष तीनमा पर्दै आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गर्ने नेपालको लक्ष्यमा धक्का लागेको छ।

जिम्बाब्वेको हरारे क्रिकेट स्टेडियममा सम्पन्न समूह ‘ए’ को तेस्रो खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३८ रन मात्र जोड्न सक्यो। नेपालका लागि आरिफले ९३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ६३ रन जोडे भने करण केसीले २७ बलमा ४ चौका र १ छक्काको मद्दतमा २८ रन जोडे।

मध्यक्रमका ब्याटर आरिफ शेखले अर्धशतक प्रहार गरे पनि वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो हारसँगै शीर्ष तीनमा पर्दै आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गर्ने नेपालको लक्ष्यमा धक्का लागेको छ।

पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएसँगै नेपालको सुरुआत सुखद रहेन। कुशललाई अल्जारी जोसेफले बोल्ड गरेका थिए। नेपालले थप १८ रन जोड्दा भरपर्दा ब्याटर भीम सार्कीलाई पनि गुमायो। भीमलाई जेसन होल्डरले विकेटकिपर साई होपबाट क्याच गराएका थिए। अमेरिकाविरुद्ध समूहको दोस्रो खेलमा जित निकाल्दा सम्हालिएको प्रदर्शन गरेका भीमले वेस्ट इन्डिजसँग भने सो लय कायम राख्न सकेनन्। ४८ रन जोड्दा नेपालले ओपनर आसिफ शेखलाई गुमायो। ३६ बलमा ३ चौकाको मद्दतमा २८ रन जोडेका आसिफलाई किमो पाउलले काइल मेयर्सबाट क्याच गराएका थिए।

कप्तान रोहित पौडेल र आरिफले चौथो विकेटका लागि ३३ रनको साझेदारीसहित नेपालको इनिङ उकास्ने संकेत गरेका थिए। ४३ बलमा ३ चौकाको मद्दतमा ३० रन जोडेका रोहित होल्डरको बलमा वैकल्पिक फिल्डर कार्टेबाट क्याच भएका थिए। यता कुशल मल्लले ७ बलमा मात्र २ रन जोड्न सके। कुशललाई अकिल हुसेनको बलमा कार्टेले बाउन्ड्रीमा क्याच गरेका थिए।

पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएसँगै नेपालको सुरुआत सुखद रहेन। कुशललाई अल्जारी जोसेफले बोल्ड गरेका थिए।

विशाल लक्ष्य पछ्याएको नेपाल लगातारको विकेट पतनसँगै दबाबमा परेको थियो। आरिफ र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २० बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।

आरिफले सातौं विकेटका लागि गुल्सन झासँग ६८ रनको साझेदारी गरेका थिए। गुल्सनले ५८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४२ रन जोडे। वेस्ट इन्डिजका लागि होल्डरले ३, जोसेफ, हुसेन र पाउलले २ विकेट लिए। समूह ‘ए’ मा २ खेलमा ४ अंक जोडेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। समान खेलमा समान ४ अंक जोडेको जिम्बाब्वे दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्सको २ खेलमा २ अंक छ भने चौथो स्थानको नेपालको ३ खेलमा २ अंक रहेको छ। पाँचौं स्थानको अमेरिका भने अंकविहीन रहेको छ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले कप्तान होप र निकोलस पुरनको शतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रनको योगफल खडा गरेको थियो। दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर मेयर्सलाई कुशल भुर्तेलबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

विशाल लक्ष्य पछ्याएको नेपाल लगातारको विकेट पतनसँगै दबाबमा परेको थियो। आरिफ र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २० बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।

पाँचौं ओभरको पहिलो बलमा गुल्सनले जोन्सन चाल्र्सलाई विकेटकिपर आसिफबाट क्याच गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। तेस्रो विकेटका लागि ब्रेन्डन किङ र होपले ४६ रनको साझेदारीसहित वेस्ट इन्डिजको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडेका ओपनर किङलाई स्पिनर सन्दीप लामिछानेले बोल्ड गरेका थिए।

जारी एकदिवसीय विश्वकप छनोटमा सन्दीपका लागि यो पहिलो विकेट हो। जिम्बाब्वे र अमेरिकाविरुद्धको खेलमा भने सन्दीप विकेटविहीन बनेका थिए। ५५–३ को कठिन स्थितिमा रहेको वेस्ट इन्डिजको इनिङलाई होप र पुरनले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ डोर्‍याएका थिए। होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको मद्दतमा १ सय ३२ रन जोडेका थिए भने पुरनले ९४ बलमा १० चौका र ४ छक्काको मद्दतमा १ सय १५ रन जोडेका थिए।

समूह ‘ए’ मा २ खेलमा ४ अंक जोडेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। समान खेलमा समान ४ अंक जोडेको जिम्बाब्वे दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्सको २ खेलमा २ अंक छ भने चौथो स्थानको नेपालको ३ खेलमा २ अंक रहेको छ।

नेपालका लागि स्पिनर ललित राजवंशीले ३ तथा करण केसी, गुल्सन, सन्दीप, र दीपेन्द्रले समान १ विकेट लिए। समूह ए अन्तर्गत बिहीबार सम्पन्न अर्को खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएसँगै अमेरिकाको यात्रा भने समूहचरणमा सीमित भएको छ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको अमेरिका दोस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो। अमेरिकाले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो। अमेरिकाले अन्तिम खेलमा शनिबार घरेलु टोली जिम्बाब्वेको सामना गर्नेछ।

नेपालले भने समूहको तेस्रो खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ। 

प्रकाशित: ८ असार २०८० ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App