२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वेस्ट इन्डिजले नेपाललाई १०१ रनले हरायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल वेस्ट इन्डिजसंग १०१ रनले पराजित भएको छ।

जिम्बाबेमा भएको खेलमा टस हारेर पहिला व्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो। ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४९ ओभर ४ बलमा २३८ रन बनाउँदा सबै विकेट गुमायो र खेल १०१ रनले हार्न पुग्यो।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाए। त्यसैगरी साई होपले १२९ बलमा १० चौका र ३ छक्कासहित १३२ रन बनाए।

नेपालका लागि ललितनारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा १ मेडन ओभर सहित ५० रन खर्चेर १ विकेट लिए।

करण केसीले १० ओभरमा १ मेडन ओभर सहित ८१ रन खर्चेर १ विकेट लिए। गुल्सन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए। दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।  

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौक्का र १ छक्कासंगै ६३ रन बनाए। गुल्सन झाले ५८ बलमा ५ चौक्का र १ छक्कासंगै ४२ रन बनाए। त्यसैगरी कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौक्कासंगै ३० रन बनाए। आसिफ शेखले ३६ बलमा  ३ चौक्कासंगै २९ रन बनाए। करण केसीले २७ बलमा ४ चौक्का र १ छक्कासंगै २८ रन बनाए। दिपेन्द्रसिंह ऐरीले २० बलमा २ चौक्का र १ छक्कासंगै २३ रन बनाए।

नेपालका लागि सुरुवाती व्याट्सम्यान कुशल भुर्तेल ६ बलमा १ चौक्कासहित ५ रन बनाएर आउट भए। त्यसैगरी भिम सार्की ७ बलमा २ रन बनाएर आउट भए। कुशल मल्ल ६ बलमा २ रन बनाएर आउट भए। सन्दीप लामिछाने ४ बलमा १ रन बनाएर आउट भए।

वेस्ट इन्डिजका ज्यासन होल्डरले तीन विकेट लिए। त्यसैगरी अकेल हुसेन, अजारी जोसेफ र केमो पललले दुई/दुई विकेट लिए।

नेपाल पहिलो खेलमा जिम्बाबेसंग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो। अब चौथो खेल नेपालले नेदरल्याडसंग पर्सि शनिबार खेल्नेछ।

नेपालको समूहमा रहेको जिम्बाबे र नेपाल वेस्ट इन्डिजले दुई/दुई खेल जितेका छन्। नेपाल र नेदरल्याडले एक/एक खेल जितेका छन।आजै भएको खेलमा नेदरल्याडले अमेरिकालाई हराएको हो। यो समूहबाट उत्कृष्ट ३ सुपर सिक्समा पुग्नेछ। 

सुपरसिक्समा पुग्न नेपालले शनिबार हुने खेलमा नेदरल्याडलाई हराउँनै पर्नेछ।

प्रकाशित: ७ असार २०८० १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App