२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप फुटबल: नेपाल र कुवेतबीचको खेल शुरु भयो

कुवेतविरुद्धको खेल हुनु अगाडि अभ्यास गर्दै नेपाली खेलाडी

साफ च्याम्पियनसिप फुटबल अन्र्तगत  नेपाल र कुवेतबीचको खेल शुरु भएको छ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा  भईरहेको यो खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु भएको हो।

नेपाली टोलीको मुख्य प्रशिक्षक इटालीका अल्बर्टो भिन्सेन्जो एनीस रहेका छन भने किरण चेम्जोङले कप्तानीमा जिम्मेबारी पाएका छन।

साविक उपविजेता समेत रहेको नेपाल  कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन।कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४-१ गोल अन्तरले हराएको थियो।

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ।जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ।

नेपाली टोली  

किरण चेम्जोङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे ,एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बु, अन्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ

प्रकाशित: ६ असार २०८० १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App