७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

अमेरिकाविरूद्ध नेपालकाे सानदार सुरूवात, करण केसीले लिए चौथो विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ। नेपाललाई चौथो सफलता हात परेको छ। अमेरिकाको तीन विकेट लिएका करण केसीले चौथो विकेट पनि झारेका छन्। उनले नोस्थुस केन्जीगलाई आउट गराए।

उनले  तेस्रो विकेटमा आरोन जोन्सलाई आउट गरे। २२ बलको सामना गरेका जोन्सले जम्मा २ रन जोडेका थिए। यस अघि करणले पहिलो विकेटमा स्टेभेन टेलरलाई एलबिडब्लुको शिकार बनाए। भने दोस्रोमा सैतेजा मुक्कामल्लालाइ आउट गरे।  करणले ६ ओभरमा दुई मेडन ओभरसहित मात्र ७ रन खर्चेर चार विकेट लिएका हुन्।

ताजा अवस्थामा अमेरिकाले १२ औं ओभरमा २३ रन बटुलेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो।  

प्रकाशित: ५ असार २०८० ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App