१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल मंगोलियासँग पराजित

नेपाली राष्ट्रिय पुरुष टोली आइतबार किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा मंगोलियासँग ३–१ सेटमा पराजित भएको छ।  

मंगोलियाले पहिलो र दोस्रो सेट २५–१९ र २५–२० ले जितेको थियो। तेस्रो सेट नेपालले २७–२५ ले आफ्नो बनाउँदा खेल २–१ को अवस्थामा पुगेको थियो। तर, चौथो सेटमा मंगोलियाले २५–२० को सहज जित निकाल्दै नतिजा पक्षमा पार्न सफल भएको थियो।  

प्रतियोगितामा मंगोलियाविरुद्धको खेलबाट हेमन्तबहादुर मल्ल, लिबेरो भीमबहादु गाहा र लोकेन्द्रराज गिरीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। उनीहरूले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गरेका हुन्। हेमन्त र भीमले पहिलो सेटमा पहिलो रोजाइमा खेल्दै डेब्यु गर्दा लोकेन्द्रले कप्तान तथा सेटर हरिहजुर थापाको स्थान लिँदै टोलीमा डेब्यु गरेका हुन्। घरेलु भलिबलमा हेमन्त र लोकेन्द्रले विभागीय नेपाल एपिएफ क्लबबाट तथा भीमले नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेल्दै आएका छन्।  

अब नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्नेछ। त्यस्तै नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ंबीं टोलीसँग खेल्ने तालिका छ। काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ। सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। यस्तै तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ४ असार २०८० ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App