११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पराजित

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनायो। बलिङ सानदार गरेको नेपालको ब्याटिङ जम्न नसक्दा हार बेहोरेको छ। नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए।  

यसअघि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा समेटेका थिए। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए ।

प्रकाशित: ३० जेष्ठ २०८० ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App