२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

हिमरश्मि र एन्जल्स हार्ट सेमिफाइनलमा

हिमरश्मि र एन्जल्स हार्ट सोमबार प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

 तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मिले काठमाडौं लिङ्कनलाई २२–१८ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो। हिमरश्मिको जितमा सविन लामाले आठ अंक योगदान गरे।  रूपेश पौडेलको सात अंक सहयोगमा एन्जल्स हार्टले जीवनज्योतिलाई १९–१७ ले हरायो। जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले मनमैजुस्थित घरेलु कोर्टमा सिर्जना ज्ञान सागरलाई २०–१६ तथा सिद्धार्थ मोडेलले सेक्रेट हार्टलाई २१–१८ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे। एलएनएका श्रवन गुरुङले आठ तथा सिद्धार्थ मोडलका अमिनले चार स्कोर गरे। सेमिफाइनलमा सिद्धार्थको भेट एन्जल्स हार्टसंग हुनेछ भने हिमरश्मिले एलएनएविरुद्ध खेल्नेछ।

प्रकाशित: ३० जेष्ठ २०८० ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App