२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले बिहीबार प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन्।

तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित गर्यो। एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे। आदित पुनको ८ अंक सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो। मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौं शिक्षालयलाई २०–१५ ले पाखा लगाए। स्प्रिङ भ्यालीका अन्च ठकुरीले ५, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे। सिनियर गल्र्सको अन्य खेलमा न्यु एराले एन्जल्स हार्टलाई २४–१८, स्प्रिङ भ्यालीले काठमाडौं लिङकनलाई २५–१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८  

तथा नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ ले पन्छाए।  

 

प्रकाशित: २७ जेष्ठ २०८० ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App