९ असार २०८१ आइतबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

फाइल तस्बिर

भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

टिममा विमल पाण्डे, सिमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभास लामिछानेले पहिलो पटक स्थान पाएका छन्।

गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ रहेका छन् भने डिफेण्डरमा  विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा रहेका छन्।

त्यस्तै मिडफिल्डर पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने रहेका छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर रहेका छन्।

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन्। आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

प्रकाशित: २५ जेष्ठ २०८० ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App