१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

रूकेश र प्रिन्स उपाधिका लागि भिड्दै

त्रिभुवन आर्मी क्लबका रूकेश महर्जन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका प्रिन्स दाहाल १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधिका लागि भिड्ने भएका छन्।  

नेपाल एपिएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित कभर्डहलमा बुधबार सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै रुकेश र प्रिन्सले उपाधि भिडन्त तय गरेका हुन्। रुकेशले सेमिफाइनलमा एपिएफका देवराज रानालाई १४–२१, २१–१३ र २४–२२ ले हराए। प्रिन्सले भने एपिएफकै क्षितिज खनाललाई २१–१५ र २१–११ ले हराउँदै फाइनलमा स्थान बनाएका हुन्। महिला एलकतर्पm भने त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले फाइनलमा स्थान बनाएकी छन्।  

उनले सेमिफाइनलमा आर्मीकै अमिता गिरीलाई २१–१९ र २१–१५ ले हराइन्। महिला युगलको फाइनलमा एपिएफकी जेसिका गुरुङ र सुनैना मुखियाको जोडी तथा त्रिभुवन आर्मी क्लबका रसिला महर्जन र अनुमाया राईको जोडी भिड्ने भएका छन्। जेसिका र सुनैनाको जोडीले सेमिफाइनलमा एपिएफकी पूजा श्रेष्ठ र भोजपुरकी नङ्सल तामाङको जोडीलाई २१–११ र २१–१८ ले हरायो। रसिला र अनुमायाको जोडीले भने सेमिफाइनलमा भोजपुरकी सीता राई र कस्तुरी कलेजकी सीमा राजवंशीको जोडीलाई २१–९ र २१–१५ ले हरायो। भेट्रान्स युगल ४५ वर्षमाथि एपिएफका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले फाइनलमा स्थान बनाएको छ।  

नेपाल एपिएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित कभर्डहलमा बुधबार सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै रुकेश र प्रिन्सले उपाधि भिडन्त तय गरेका हुन्।

यो जोडीले सेमिफाइनलमा स्पोटर््स हबका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई २१–१४, २१–१८ ले हरायो। भेट्रान्स युगल ५५ वर्षमाथि एपिएफका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको जोडीले उपाधियात्रा तय गरेको छ। यो जोडीले सेमिफाइनलमा चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीलाई २१–१२, २१–१२ ले हरायो। यु–१२ तर्पm त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र रिजन मगरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। बुधबार भएका सेमिफाइनलमा सुदेशले सुहम कार्कीलाई २१–१७, १२–२१, २१–२९ ले तथा रिजनले एपिएफका आरुष सिंखडालाई २१–१३, २१–१३ ले हराए।  

प्रकाशित: २५ जेष्ठ २०८० ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App