१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

बिएमसिए र एचएचसिए फाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र एचएचसिए बुधबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आफ्नै घरेलु कोर्टमा बिएमसिएले भद्रकालीलाई ३६–३१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। विजयी टोलीका लागि सुजन तामाङ र आशिष राईले समान ११-११ अंक जोडे। एचएचसिएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो। एचएचसिएका डेभिड राईले ११ अंक जोडे। सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङ्डमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबिए) ले ज्ञानभूमिलाई ३७–३०, गोल्डेनपिकले टिआइएलाई ५७–४० र ग्राम शिक्षाले बुढानीलकण्ठलाई ३२–२१ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबिएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले।

प्रकाशित: २५ जेष्ठ २०८० ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App