२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कालो पट्टी हटाउन क्लब सहमत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, म्यान अफ दी म्याचले पाउने रकम प्राप्ति र कर कट्टाको विषयमा विरोध गरिरहेका ‘ए’ डिभिजन लिगका १० क्लबहरू कालो पट्टी हटाउन सहमत भएका छन्।

आइतबार क्लब र एन्फा महासचिव किरण राईसँगको छलफलपछि क्लबहरू तत्कालका लागि कालो पट्टी खोलेर खेल्न सहमत भएको हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। शेर्पाले महासचिवसँगको छलफलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नेलगायतका विषयमा क्लब र एन्फा महासचिवबीच छलफल भएको समेत बताए।

अहिलेको आर्थिक वर्षमा खेलाडीको पारिश्रमिकमा नेपाल सरकारले करको दायरा परिवर्तन गरेको हुँदा क्लबहरूले सरकारको नियमअनुसार कर कटौती गर्ने निर्णय गरेका हुन्। 

प्रकाशित: २२ जेष्ठ २०८० ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App