३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ओलम्पिक दिवसमा साइकल र्‍याली

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज साइकल र्‍याली आयोजना गरिएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा र्‍याली आयोजना गरिएको हो।

र्‍यालीमा १ सय २५ जना सहभागी थिए। र्‍ याली बसन्तपुर डबलीबाट सुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको थियो।

र्‍यालीको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीकी उपाध्यक्ष ज्योति राणाले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए।

कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा जुन २३ गतेसम्मको अवधिमा देशव्यापी रुपमा करिब ६ हजार कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी गराए। साइकल र्‍याली ओलम्पिकको पहिलो कार्यक्रम हो।

प्रकाशित: २० जेष्ठ २०८० १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App