२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

संकटा र थ्री स्टारबीच बराबरी

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लव र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन।

ललितपुरस्थित च्यासल मैदानमा आज भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । शुरुवातबाट नै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाएपनि सदुपयोग गर्न असफल रहेका थिए।

बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११ औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२ औं स्थानमा छ।

प्रकाशित: १७ जेष्ठ २०८० १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App