२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।

प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको  छ। तीनै विभागीय प्रमुखले मंगलबार कार्यभार सम्हालेका छन्।

प्रकाशित: १६ जेष्ठ २०८० १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App