७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

काभा महिला भलिबल: नेपाललाई हराउँदै काजकिस्तान फाईनलमा

काजकिस्तान राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा  पुगेको छ।

काजकिस्तान आयोजक नेपाललाई प्रतिस्पर्धात्मक खेलमा ३- २ को सेटमा हराउँदै फाईनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ भएको खेलमा काजकिस्तानले पहिलो सेट ३०-२८ जिते पनि दोश्रो र तेश्रो सेट नेपालले क्रमश २५ -१६ २५ -१५ ले जितेको थियो। २ -१ ले पछि परेको अवस्थामा पनि काजकिस्तानले चौथो र पाँचौ सेट क्रमश २५- १८ र १५ -७ ले आफ्नो पक्षमा पार्दै घरेलु दर्शकलाई निराश पार्दै फाईनलमा आफ्नो स्थान सुरक्षीत गर्यो।  

उपाधिको लागि आईतबार भारत र काजकिस्तान विच प्रतिस्पर्धा हुनेछ। आजै भएको पहिलो  सेमिफाईनल खेलमा भारत उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै  फाइनलमा पुगेको हो। तेस्रो स्थानका लागि नेपालले पहिलो सेमिफाइनलको पराजित टोली उज्वेकिस्तान खेल्नेछ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०८० १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App