९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

रसिला अल्ट्रा म्याराथन च्याम्पियन

नेपालकी रसिला तामाङ मलेसियामा सम्पन्न कोबोई मलाया ट्रेल ५० किलोमिटर अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी छन्। मलेसियाको जेरानतुत जिल्लास्थित पेहाङमा सम्पन्न म्याराथनमा रसिला पूर्वच्याम्पियन सरावाकियन सेली एन यापलाई पछि पार्दै च्याम्पियन भएकी हुन्। रसिलाले उक्त दूरी पूरा गर्न पाँच घण्टा ८ मिनेट ३२ सेकेन्ड समय लगाइन्। मलेसियाकी सेलीले भने पाँच घण्टा २७ मिनेट समय खर्चिन्। नेपालकै छोकी शेर्पा तेस्रो भइन्। छोकीले पाँच घण्टा ४६ मिनेटमा उक्त दूरी पार गरिन्। यो म्याराथन एसियन ट्रेल मास्टर्सको छनोट आधार पनि हो। सातौं अन्तर्राष्ट्रिय सहभागिता जनाएकी रसिलाको यो चौथो अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि हो।

जितपछि रसिलाले पहिलो सहभागिता नै पहिलो हुन पाउँदा खुसी लागेको बताइन्। ‘यो प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गरेको हुँ। रुट राम्रै थियो। तर, मेरा लागि यहाँ निकै गर्मी भएकाले प्रतिस्पर्धा गर्न निकै कठिन रह्यो। तर, अन्ततः सफलता पाएँ,’ रशिलाले भनिन्। टिम टी एटको मुख्य प्रायोजनमा सहभागी भएकी रसिलाले यो प्रतियोगिताबाट एसियन ट्रेल मास्टर्स सिरिजका लागि अंक प्राप्त हुने भएकाले जित विशेष रहेको बताइन्।  

प्रकाशित: १ जेष्ठ २०८० ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App