३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

महिला टोली मलेसियामा शृंखला खेल्दै

नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाल र मलेसियाबीच ट्वान्टी–२० शृंखला आयोजना हुने जनाएको हो। क्यानका अनुसार शृंखला आगामी मे २९ देखि जुन ४ सम्म हुनेछ। शृंखलाका खेल मलेसियाको वाइएसडी–युकेएम ओभल मैदानमा हुनेछन्। नेपाल र मलेसियाबीचको खेल मे २९ र ३० तथा जुन १, ३ र ४ तारिखमा हुने तालिका छ।  

मलेसियामा आयोजना हुने शृंखलाका लागि नेपाली टोली छनोट भइसकेको र एक–दुई दिनमा नेपाल क्रिकेट संघ (क्यान) ले नामावली सार्वजनिक गर्ने खेलाडी छनोट समितिका सदस्य दीपेन्द्र चौधरीले जानकारी दिए।  

नेपालले पछिल्लो पटक २०७९ असार ९ गते एसिसी वुमन्स टी–२० च्याम्पियनसिपको खेल खेलेको थियो। सेमिफाइनल खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो। त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नसकेको नेपाली महिला टोलीले मलेसियामा मौका पाएको हो। गत वर्ष घरेलु मैदानमा युगान्डाविरुद्ध नेपालले पाँच खेलको  

ट्वान्टी–२० शृंखला खेलको थियो। उक्त शृंखला युगान्डाले ३–२ ले जितेको थियो।

 

प्रकाशित: २९ वैशाख २०८० ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App